+
+

पर्साको सखुवाप्रसौनीमा गोली चल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते २२:५७

२२ वैशाख, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गोली चलेको छ । सखुवाप्रसौनी गाउँपालिका– १ औराहामा आज राति करिब साढे ९ बजेतिर गोली चलेको हो ।

स्थानीयले दुई राउण्ड गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय मंगल बहादुर ब्लोनको घरको धानको भकारीमा गोली लागेको देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले गोली कसले र किन चलायो भन्ने नखुलेको बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

´घटनास्थलमा गोलीजस्तै फलामको टुक्रा भेटिएको छ । चामलको बोरामा प्वाल परेको रहेछ । राजनैतिक हैसियत भएको मान्छे पनि हैन सामान्य परिवार छ,’ डीएसपी खनालले भने, ‘अनुसन्धान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?