+
+

रामवीरलाई सुनिताको जवाफ-सबै कुरा जनताकै हातमा छ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ९:२६

३० वैशाख,  काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले मतदान गरेकी छिन् । मतदानपछि प्रतिक्रिया दिँदै उनले सबै अधिकार जनताको हातमा रहेको बताइन् ।

एमाले नेता रामवीर मानन्धरले नेकपा एमाले काठमाडौंमा क्लिन स्वीप हुने भनेर दिएको अभिव्यक्तिबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले कसले के भन्छ भन्ने कुरा महत्वपूर्ण नहुने बताइन् । ‘कसले के भन्यो भन्ने टिका टिप्पणी गर्ने समय हैन, सबै अधिकार जनताको हातमा छ । कसले के भन्यो भने पछि नलागौं,’ उनले भनिन् ।

उनले सबै मतदातालाई अधिकारको सदुपयोग गर्न आग्रह गरिन् । ‘आफ्नो मनपर्ने उम्मेदवारलाई मत दिनुहोला,’ डंगोलले भनिन् । उनले पुर्खाले दुःख गरेर ल्याएको अधिकार सदुपयोग गर्नुपर्ने बताइन् । ‘जनताको माया पाएको छु, आशिर्वाद पाउँछु भन्नेमा विश्वस्त छु,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?