+
+

सत्यमोहन जोशीले मतदान नगर्ने, आज १०३ औं जन्मदिन मनाउँदै

रासस रासस
२०७९ वैशाख ३० गते १३:४०

३० वैशाख, काठमाडौं । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ औँ जन्मदिन शुक्रबार परिवारिक रुपमा मात्र मनाइने भएको छ ।

स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिए ।

जोशीले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने उनले बताए । केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि जोशीलाई समय समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको छोरा हेमन्तले जानकारी दिए । जोशी अरुको सहारामा पनि मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएको उनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?