+
+

गठबन्धन सफल भएका सबै ठाउँ जित्ने माओवादी नेता पोखरेलको दाबी (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते २०:०७

३० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले सत्ता गठबन्धनबीच तालमेल सफल भएका सबै ठाउँमा गठबन्धनका उम्मेदवार नै विजयी हुने दाबी गरेका छन् ।

स्थानीय तहको निर्वाचन सकिएपछि शुक्रबार साँझपख अनलाइनखबरसँग समीक्षात्मक भिडिओ संवादमा उनले केन्द्रबाट तालमेल गरेका महानगर र उपमहानगर गरि १७ वटै पालिकामा जित्ने दाबी समेत गरे ।

‘जहाँ गठबन्धन भएको छ, त्यो ठाउँमा परिणम निश्चयरुपमा राम्र्रै आउँछ,’ पोखरेलले भने, ‘६ महानगर र ११ उपमहानगरपालिका गरेर १७ वटै पालिका जितिन्छ भन्ने हाम्रो अहिलेको मुल्यांकन छ ।’

उनले अघिल्लो चुनावमा १ सय १६ पालिका प्रमुख जितेको भन्दै यसपटक त्यो भन्दा बढी स्थानमा जितिने समेत दाबी गरे । ‘बिगतमा हामीले १ सय १६ वटा पालिका प्रमुख जितेका थियौं,’ पोखरेलको भनाइ छ, ‘हामी विगतको परिणाम भन्दा धेरै माथि जान्छौं ।’

विगतको चुनाव भन्दा यसपटक चुनावमै गएका दलका कार्यकर्ताहरुबीच झडप बढी भएको जस्तो देखिएको छ । यही कारण २५ वटाभन्दा बढी मतदान केन्द्रमा निर्वाचन स्थगन भएको छ ।

पोखरेल यसको पछाडि जसरी पनि शक्ति हातपार्ने होडबाजीले काम गरेको टिप्पणी गर्छन । ‘एउटा पाटो, यो जनताको सेवा गर्ने थलो हो भनेर पनि आफ्नो वर्चश्व कायम गर्न पनि भएको हुन सक्छ,’ उनले भने, ‘अर्को नकरात्मक पाटो पनि के छ भने स्थानीय तहमा साधन स्रोत पनि जाने हुनाले साधान स्रोतको उपयोग गर्ने सन्दर्भमा अनियमितताका निम्ति त त्यो महत्वपूर्ण ठाउँ हो ।’

उनले थपे, ‘त्यसकारण त्यहाँ जान पाए हुन्थ्यो भन्ने उत्कट इच्छा पनि त्यहाँ देखा पर्छ । त्यसले गर्दा शक्ति प्राप्त गर्नका लागि अलि रुखो प्रतिद्वन्द्वतिर लगेको हो जस्तो लाग्छ ।’

पोखरेलसँग अनलाइनखबरकर्मी रामकुमार डिसीले गरेको कुराकानी हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?