+
+

गोरखाको आरुघाट गाउँपालिकामा कांग्रेस निर्वाचित

बिकास मरहट्टा बिकास मरहट्टा
२०७९ जेठ २ गते ८:१६

२ जेठ, गोरखा । गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली निर्वाचित भएका हुन् ।

गुरुङले ५ हजार ५५६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण बहादुर नेपालीले ४ हजार ८३३ मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा निर्वाचित कांग्रेसकी नेपालीले ५ हजार ६३१ प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धी एमालेकी उम्मेदवार सिता दाहालले ३ हजार ८१६ मत प्राप्त गरिन् । नेपाली २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?