+
+

छथर जोरपाटीको अध्यक्षमा कांग्रेसका सुब्बा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १०:१७

२ जेठ, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३५९ मत ल्याएर निर्वाचित भएका छन् ।

सुब्बाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार शेरबहादुर लिम्बुलाई १९५ मतान्तरले पराजित गरेका हुन् । लिम्बूले चार हजार १६४ मत पाए ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता खेवा चार हजार ३८७ मत सहित निर्वाचित भएकी छन् ।

उपाध्यक्ष पदमा एमालेकी गोमा कार्कीले तीन हजार ६९१ मत पाएकी छन् ।

गाउँपालिकाका छ वटै वडाको मत गणना सम्पन्न भएको छ । मत परिणामअनुसार वडा नं. १, २, ५ र ६ मा सत्तारुढ दलका उम्मेदवार निर्वाचित भएका छन् ।

वडा नं. ३ र ४ मा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?