+
+

गुल्मीको मुसिकोटको मेयर र उपमेयर दुवै पद एमालेले जित्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १२:०४

३ जेठ, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेले जितेको छ । मेयरमा जीवलाल खरेल जीवन र उपमेयरमा गंगा श्रेष्ठ निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित एमालेका खरेलले ७ हजार ३९९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत ल्याए ।

७ हजार ११ मत ल्याएर श्रेष्ठले उपमेयर जित्दा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत सामाजवादीका श्रीराम महतले ६ हजार ३२३ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?