+
+

पर्साको पटेर्वासुगौली गाउँपालिकामा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते २३:१०

४ जेठ, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा दिनेशकुमार चौधरी र उपप्रमुखमा ममता चौधरी विजयी भएकी हुन् ।

दिनेशले ५१४४ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिनारायण चौधरीले ३९४४ मत ल्याएका छन् । हरि निवर्तमान प्रमुख हुन् । ०७४ सालमा हरिले दिनेशलाई पराजित गरेका थिए । हरिले २९५७ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा दिनेश२८७५ मत ल्याएर दोस्रो भएका थिए ।

उपाध्यक्षमा नेपाली कांग्रेसबाटै ममता महतो पूनः निर्वाचित भएकी छन् । निवर्तमान उपाध्यक्ष ममताले एमालेको मञ्तुरादेवीलाई पराजित गरेकी हुन् । ममताले ४४४४ मत ल्याउँदा मञ्तुराले ४०१३ मत पाईन् । ०७४ मा ममता३२६३ मत ल्याएर विजयी भएकी थिईन् ।

४ वटा वडामा कांग्रेस विजयी

५ वटा वडा रहेको पटेर्वा सुगौलीमा एउटा वडा मात्रै नेकपा एमालेले जितेको छ । पटेर्वा सुगौली १ मा एमालेबाट निवर्तमान अध्यक्ष फरमान मियाँ (५२३), वडा नं २ मा काँग्रेसका विजय गैरे (८१३), वडा नं ३ मा काँग्रेसकै माधव प्रसाद राउत थारु (८५७) पूनः निर्वाचित भएका छन् ।

वडा नं ४ र ५ मा काँग्रेसकै बासु पञ्जियार थारु (१२०३) र विपिन मुखिया (१३२१) विजयी भएका छन् । ०७४ को निर्वाचनमा बासु नेपाल लोकतान्त्रिक फोरमका राजेश्वर प्रसाद थारुसँग २५ मतले पराजित भएका थिए । राजेश्वरले ५३५ मत पाउँदा बासुले ५१० मत मात्रै पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?