+
+
WC Series
Won Nepal
147/9 (20)
VS
Nepal won by 5 runs
Qatar
142/10 (20)
Shares
वीरगञ्ज महानगरपालिका :

सरावगी १० हजार बढी मतले पछि परे, इम्तियाजलाई पुरुषोत्तमको भन्दा ५ गुणा बढी मत

मेयर र उपमेयरमा ११ हजारभन्दा बढी मत बदर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते ९:४७

६ जेठ, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंहले निरन्तर अग्रता कायम राखेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार राजेशमान र नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीबीच १० हजार ६७९ मतको फराकिलो अन्तर देखिएको छ । उपप्रमुखमा कांग्रेसका इम्तियाज आलम पुरुषोत्तमलाल झाले पाएको भन्दा ५ गुणा बढी मतले अघि छन् ।

राजेशमानले २२ हजार १०१ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजयकुमार सरावगीले ११ हजार ४२२ मत ल्याएका छन् । राप्रपाका उम्मेदवार गिरीश गिरीले १ हजार १६४ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले शुरुदेखि नै अग्रता लिइरहेका छन् । उनले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाभन्दा ५ गुणा बढी मत ल्याएका छन् । इम्तियाजले १५ हजार ८८१ मत पाउँदा झाले हालसम्म ३ हजार २५४ मत मात्रै पाएका छन् । उनीहरुबीच १२ हजार ३२९ मतको अन्तर देखिएको छ ।

हालसम्म मेयर पदमा ८ हजार ९३९ मत बदर छ । उपप्रमुखमा २० हजार ३३३ मत बदर भएको छ ।

अहिलेसम्म गणना भएका हरेक वडामा राजेशमानले नै बढी मत पाइरहेका छन् । वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, २४, २३, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को ४३ हजार ८०० मत सकिएको छ ।

सरावगी वीरगञ्ज महानगरको निवर्तमान मेयर हुन् । २०७४ सालको निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा १९ हजार ३९३ मत ल्याएर विजयी भएका थिए भने राष्ट्रिय जनता पार्टी नेपालबाट मेयरमा उठेका राजेशमान १२ हजार १६५ मत ल्याएर तेस्रो स्थानमा थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?