News Summary
Generated by OK AI. Editorially reviewed.- पर्सा गाउँपालिका–२ संग्रामपुर पुलस्थित सडकमा अनियन्त्रित कार दुर्घटना हुँदा चालक २४ वर्षीय विकल साहको मृत्यु भएको छ ।
- महोत्तरीबाट मंलगवा सर्लाहीतर्फ जाँदै गरेको बीआर ०६ बी एक्स ०४३५ नम्बरको कार शुक्रबार दिउँसो दुर्घटनामा परेको थियो ।
- दुर्घटनामा घाइते भएका कारका अन्य २ जनाको जानकी एकेडेमी हस्पिटल प्रालि महोत्तरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
३० असोज, पर्सा । पर्सा गाउँपालिका–२ संग्रामपुर पुलस्थित सडकमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
महोत्तरीबाट मंलगवा सर्लाहीतर्फ आउँदै गरेको बिआर ०६ बि एक्स ०४३५ नम्बरको कार अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर कार चालक महोत्तरी गौशाला नगरपालिका–५ बस्ने २४ वर्षीय विकल साहको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी एकेडेमी हस्पिटल प्रालि महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4