+
+
Shares

दाङमा कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते

दाङमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १८:१८

१७ साउन, काठमाडौं । दाङमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन् । राप्ती गाउँपालिका– ४ गोपीनालास्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार दिउँसो कार दुर्घटना भएको हो ।

भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी ४४ एएस ८१२४ नम्बरको कार चालकको नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच फिट तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा भारतको सिद्धार्थ नगरपालिका–६ बस्ने २५ वर्षीय रवि महमद, ३४ वर्षीया फराह शेख, ६ वर्षीया रिफा शेख र ३२ वर्षीय सनी कुमार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते चारै जनालाई उपचारका लागि राप्ती आधारभूत अस्पताल, सिसहनियामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?