+
+

मतपेटिका लुटेर भागेका बैठा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १६:२१

६ जेठ, काठमाडौं। प्रहरीले रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेका छन् ।

बैठालाई घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका उनीमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका- २ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटपाट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?