+
+

नीतिगत स्पष्टता कायम गरेर मात्र सौन्दर्य प्रतियोगिता गर्न दिन संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १९:०३

काठमाडौं । संसदीय समितिले नीतिगत स्पष्टता कायम गरेर मात्र सौन्दर्य प्रतियोगिता सञ्चालन गर्न दिन सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकले गृह मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

यौनहिंसा र दुव्र्यवहारका घटना न्यूनीकरणका सम्बन्धमा समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, गृह र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवलाई बोलाएर छलफल गरेको थियो ।

सौन्दर्य प्रतियोगिता आयोजकले प्रतियोगीमाथि बलात्कार गरेको भनिएको आठ वर्ष पुरानो घटना यसैसाता सार्वजनिक भएको थियो । त्यसपछि उत्पन्न जनआक्रोशका बीच संसदीय समितिले सरकारलाई सौन्दर्य प्रतियोगिता आयोजनाका लागि नीतिगत स्पष्ट कायम गर्न निर्देशन दिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले पनि घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई रुलिङ गरेका थिए ।

समितिले भनेको छ, ‘विभिन्न नाममा हुने सुन्दरता, मोडलिङ सम्बद्ध प्रतियोगिताहरु र मनोरञ्जन क्षेत्रमा संलग्न विविध वर्ग र प्रवर्ग (उमेर, जात, योग्यता)मा आधारित कुनै पनि प्रकारका सौन्दर्यसम्बद्ध प्रतिस्पर्धात्मक कार्यक्रम सम्बन्धमा विस्तृत छलफल गरी नीतिगत स्पष्टता कायम गराएर मात्र सञ्चालन गर्न दिन समितिको यो बैठक नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देश गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?