+
+

नीति तथा कार्यक्रममा परम्परागतमा सामान्य सुधार : डा. भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १८:४६

१० जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम सकारात्मक भए पनि सुधारको आँट नगरेको टिप्पणी गरेका छन् ।

संसद भवन बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले नीति तथा कार्यक्रम परम्परावादी नै भए पनि केही सुधार गर्न खोजिएको बताएका हुन् । ‘सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा सकारात्मक छ । महत्वपूर्ण सुधारको संकेत गरिएका छन् । तर यति सामान्य सुधारले मात्र पुग्दैन’  उनले भने ।

सरकारले संरचनात्मक सुधार गर्ने आँट नगरेको भट्टराईले बताए । ‘चुनावी वर्ष भएकाले सरकारमा हुनेहरुले नयाँ कुरा गर्ने आँट गर्दैनन्, पपुलिस्ट कार्यक्रम ल्याउनुपर्ने बाध्यता पनि छ’ उनले भने ।

भट्टराईले नीति तथा कार्यक्रमललाई परम्परावादी सुधारात्मक भनेका छन् । ‘मेरो विचारमा १९ को २० भयो’ उनले भने, ‘कृषिको प्राथमिकीकरण गर्ने कुराहरु छन्, संघ, प्रदेश र स्थाद्दीय तहको अधिकारका कुराहरु आएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?