+
+

नीति तथा कार्यक्रमलाई आज अन्तिम रुप दिने कार्यदलको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते ६:४६
कार्यदलका संयोजक एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल

२ चैत, काठमाडौं । सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गठित कार्यदलले आज त्यसलाई अन्तिम रुप दिँदै छ । अन्तिम रुप दिएपछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी छ ।

त्यसका लागि आज बिहान नौ बजे कार्यदलको बैठक अर्थ मन्त्रालयमा बस्दै छ ।

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक विहीबार पनि बसेको थियो । सो बैठकपछि कार्यदल सदस्यहरुले नीति तथा कार्यक्रमलाई शुक्रबार अन्तिम रुप दिने बताएका थिए ।

कार्यदलका एक सदस्य एवम् एकीकृत समाजवादीका नेता प्रमेश हमालले विहीबारको बैठकमा कार्यदलको मस्यौदाको ड्राफ्ट सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको र शुक्रबार थप सुझावसहित अन्तिमा रुप दिने बताएका छन् । त्यसपछि शीर्ष तहमा पेस हुने र उनीहरुको निर्देशन अनुसार आवश्यक संशोधन हुन सक्ने नेताहरुको भनाइ छ ।

सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गत फागुन २७ गते सत्ता गठबन्धनका दलहरुले १० सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबाट २÷२ जना सदस्यहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?