+
+

सासुको मृत्युपछि टिकट पाएकी रीता बनिन् उपप्रमुख

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १५:४१

११ जेठ, कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन ।

नगर प्रमुखमा कांग्रेस उम्मेदवार अब्दुल कलाम मुसलमानले १० हजार २०० मत प्राप्त गरि चुनाव जितेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामदास चौधरीले ८ हजार ६६८ मत र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार ओंकारनाथ शुक्लले २ हजार ४७४ मत पाए ।

मुसलमान दोश्रो कार्यकालका लागि प्रमुख बनेका हुन् ।

त्यसै गरि उपप्रमुखमा कांग्रेसकी उम्मेदवार रीता कुमारी कुर्मी ११ हजार १६७ मतसहित विजय भइन् । उनकी प्रतिस्पर्धी एमालेकी उम्मेदवार भानमती यादवले ७ हजार २ सय मत र लोसपाकी उम्मेदवार साबित्री देवी कुर्मीले २ हजार ५ सय ५ मत पाइन ।

उपप्रमुख जितेकी रीताले सासुको मृत्युपछि उपमेयरको टिकट पाएकी हुन् । उनकी सासु शुभावतीको उम्मेदवारी दर्ता गरेपछि निधन भएको थियो । त्यसपछि कांग्रेसले रीतालाई उम्मेदवार बनाएको हो ।

शुभावतीले २०७४ को चुनाव जितेकी थिइन् । उपप्रमुख उम्मेदवार शुभावतीको मृत्युका कारण महाराजगञ्जमा ३ जेठमा चुनाव भएको हो ।

११ वटा वडा रहेको महाराजगंजमा नेपाली कांग्रेसले नगर प्रमुख र उपप्रमुख सहित ८ वटा वडा जितेको छ ।

त्यसैगरि नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र जनता प्रगतिशील पार्टीले समान १/१ वटा वडा जितेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?