+
+

ठूलो दुर्घटनाबाट जोगियो भैरहवाको पेट्रोलियम डिपो

दुई वटा ट्यांकरमा लागेको आगो नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १०:४५

१३ जेठ,काठमाडौं । नेपाल आयल निगमको भलबारी डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । डिपोको पेट्रोल भण्डारणको मुखैमा लागेको आगो भर्खरै नियन्त्रणमा आएको डिपो प्रमुख नवविनोद पोखरेलले बताए ।

‘बिहान ११ बजेर ५५ मिनेटमा लागेको नियन्त्रणमा आएको छ । कुनै मानवीय क्षति भएको छैन’ पोखरेलले भने, ‘दुई वटा पेट्रोल ट्यांकरमा लागेको आगो निभेको छ । हाललाई डिपो बन्द गरेर थप सुरक्षा चेक जाँच भइरहेको छ ।’

बिहान डिपोमा पेट्रोल खन्याउन आएका ५ वटा मध्ये पहिलो लाइनमा रहेका २ वटा ट्यांकरमा आगो लागेको उनले बताए ।

‘पेट्रोल खन्याउने क्रममा एक्कासी आगो लाग्न थाल्यो, पहिलो ट्यांकर जल्न पुग्यो । टायर पड्केका कारण दोस्रो ट्यांकरलाई हटाउन सकेनौं,’ पोखरेलले भने, ‘डिपो भित्रै लागेको आगोबाट ठूलो दुर्घटना टर्‍यो । अहिले डिपो सुरक्षित छ ।’

अहिले डिपो पूर्ण रुपमा आगोबाट सुरक्षित पारिएको र थप अनुसन्धान भइरहेको उनले बताए ।

डिपोमा ३० लाख लिटर डिजेल र ५ लाख लिटर पेट्रोल भण्डारण हुन्छ । आगो थप फैलिएको भए अकल्पनीय दुर्घटना हुने भन्दै डिपोले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?