+
+

ज्याकलिनलाई सर्तसहित विदेश भ्रमणको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १५:२०

काठमाडौं । दिल्ली अदालतले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई विदेश भ्रमणका लागि ६ दिनको अनुमति दिएको छ ।

आबुधाबीको एस आइल्याण्डमा हुन लागेको आईफा अवार्ड २०२२ मा भाग लिन ज्याकलिनले मे ३१ देखि जुन ५ सम्म भ्रमण अनुमति पाएकी हुन् । बलिउड स्टारहरुले भाग लिने उक्त अवार्ड जुन २ देखि ४ सम्म हुँदैछ ।

विदेश जान ज्याकलिनले अदालतले केही सर्त पनि राखेको छ । जसअनुसार उनले ५० लाख भारु जमानत बुझाउनुपर्नेछ भने यात्रा कार्यक्रम, बस्ने ठाउँको सम्पर्क नम्बर उपलब्ध गराउनुपर्नेछ । साथै, भारत फर्केपछि एजेन्सीलाई जानकारी दिनुपर्नेछ ।

सुकेश चन्द्रशेखरसँगको २०० करोड भारुको गैरकानुनी मनी लाउन्ड्रिङ मुद्दामा मुछिएकाले नवप्रवर्तन निर्देशनालयले ज्याकलिनविरुद्ध लुकआउट सर्कुलर जारी गरेको छ ।

जसअनुसार ज्याकलिनलार्ई विदेश भ्रमणका लागि अनुमति छैन । यस महिनाको सुरुवातमा पनि उनले नेपाल, फ्रान्स र आइफाको लागि जानुपर्ने भन्दै अदालतमा निवेदन दिएकी थिइन् । तर उनका वकिलले बीचमा निवेदन फिर्ता लिएका थिए ।

श्रीलंकाली नागरिक ज्याकलिन भारतमा सन् २००९ देखि बस्दै आएकी छन् । सुकेशले उनलाई महंगा उपहार दिएको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?