काठमाडौं । बलिउड डिभा ज्याकलिन फर्नान्डिजले आयोजित फेसन रनवेमा नेपाली गहना र पहिरन प्रदर्शन गरेकी छन् । आरबी डायमण्ड ज्वेलरीको २७ औं वर्षगाँठ मनाउन आयोजित ज्वेलरी फेसन रनवेमा अभिनेत्री फर्नान्डिज शो-स्टपरको रुपमा प्रस्तुत भइन् ।
तीनपटक रनवेमा हिँडेकी उनले शिवांगी प्रधानको डिजाइन र आरबी डायमण्डको गहनामा आफूलाई प्रस्तुत गरिन् । आरबी डायमण्डका व्यवसायिक दूत रेहान श्रेष्ठ र प्रमुख रिकेन महर्जनसँग पनि रनवेमा हिँडिन् ।
तीनवटा कलेक्सन प्रस्तुत गरिएको रनवेमा शोको अन्त्यतिर लेहेंगा लगाएर ज्याकलिन रनवेमा हिँडेकी थिइन् । अन्य कलाकारले पनि गहना र पहिरनलाई रनवेमा प्रस्तुत गरे । लेहेंगा लगायतका डिजाइन त्यहाँ प्रस्तुत गरिएको थियो । अभिनेत्री फर्नान्डिज आइतबार भारत फर्कने जनाइएको छ ।
तस्वीर सौजन्य : लेक्स लिम्बु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4