+
+

पदक विजेता उमा कुङ्फू खेलाडी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १८:५४

१५ जेठ, काठमाडौं । नेपाल उमा कुङ्फू संघले उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आइतबार सम्मान गरेको छ ।

इङल्यान्डमा मे १५ तारिखमा भएको प्रतियोगितामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनीहरुले नेपाललाई ३ स्वर्ण पदक दिलाएका थिए ।

सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी दोहोरो स्वर्ण जितेका थिए । भुपेन्द्र गुरुङले चाइनिज फर्मस्को छाङ छ्वानमा पहिलो स्थान हात पारेका थिए । सोही प्रतियोगितामा जजको भूमिका निर्वाह गरेका नेपाल उमा कुङफु संघका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा पनि सम्मानित भएका थिए ।

त्यसै कार्यक्रममा स्थानिय निर्वाचन– २०७९ मा तार्केश्वर नगरपालिको मेयरमा निर्वाचित भएका काठमाडौं जिल्ला उमा कुङफु संघका अध्यक्ष कृष्णहरि महर्जनलाई पनि सम्मान गरिएको थियो ।

भूपेन्द भने हाल इङल्यान्डमै रहेकाले कार्यक्रममा उपस्थित थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?