+
+

सोर्स कोड चोरी गरी विक्रिवितरण गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १८:१२

१९ जेठ, काठमाडौं । प्रहरीले सफ्टवेयरको सोर्स कोड (कम्‍प्युटर स्रोत संकेत) चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका-१ किहुँ स्थायी घर भई ललितपुर सानेपास्थित म्‍याट्रिक्स सफ्टेक प्रालि सञ्‍चालन गर्दै आएका ३५ वर्षीय सन्तोष सिग्देल रहेका छन् ।

‘राजस्व व्‍यवस्थापन’ नामक सफ्टवेयरको सोर्स कोड चोरी गरी बौद्धिक सम्‍पत्तिमा आघात पुर्‍याएको भन्‍दै प्रहरी प्रधान कार्यालय, साइबर ब्‍यूरोले उनलाई पक्राउ गरेको हो ।

ब्‍यूरोका अनुसार सिग्देलले म्‍याट्रिक्स सफ्टेक प्रालि खोलेर राजस्व व्‍यवस्थापन नामक सफ्टवेयरको सोर्स कोड चोरी गरी आर्थिक लाभ लिने मनसायले विभिन्‍न स्थानीय तहहरुमा विक्रि वितरण गर्दै आएको थियो ।

पक्राउ परेका उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्‍यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?