+
+

राष्ट्रसंघमा जागिर लगाइदिने भन्दै १२४ जनाबाट ४ करोड ३४ लाख ठगी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १२:२५

३१ वैशाख, काठमाडौं । टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको चाबहिलबाट ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको एसएसपी सानुराम भट्टराईले बताए ।

उनी कास्कीको पोखरा महानगरपालिका ५ का स्थायी बासिन्दा हुन् । उनले मासिक १४५० डलर तलबको प्रलोभन देखाएर १२४ जनाबाट ४ करोड ३४ लाख उठाएर फरार भएका थिए ।

उनले विभिन्न व्यक्तिबाट सुरुमा ५० हजार लिएका थिए । त्यसपछि दिल्ली पुर्‍याएर प्रतिव्यक्ति ३ लाखका दरले पैसा उठाएर फरार भएका थिए ।

श्रेष्ठले श्रीमती सुरुचि भुजेल र सालो सुजन भुजेलको खातामा रकम जम्मा गराउन लगाउने गरेको प्रहरीले जनाएको छ । उनीहरू दुवैलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?