+
+

नेपाल-अंग्रेज युद्धमा आधारित फिल्म ‘नालापानी’ तिहारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १३:१२

काठमाडौं । सन् १८१४ मा भएको नेपाल-अंग्रेज युद्धमा आधारित फिल्म ‘नालापानी’ आगामी कात्तिक ४ गते प्रदर्शन हुने भएको छ ।

चलचित्र विकास बोर्डबाट ‘विशेष फिल्म-२०२०’को सम्मान प्राप्त गरेको फिल्मलाई रमेश अधिकारीले निर्देशन गरेका हुन् । शुक्रबार फिल्मको पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।

उक्त युद्धमा नेपालको नेतृत्व गर्दै बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर फिल्म निर्माण गरिएको निर्देशक अधिकारीले जानकारी दिए ।

‘नेपाली वीरताका गाथा तथा नेपाली सेनाको इतिहास समेटिएकाले विद्यार्थी तथा देशका उच्च ओहोदामा बसेकाले पनि ‘नालापानी’ हेर्दा राम्रो हुन्छ,’ अधिकारीले भने ।

धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा फिल्म आधारित रहेको जनाइएको छ । फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?