+
+

अमेरिकी कूटनीतिज्ञलाई रुसमा १४ वर्ष जेल सजाय

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते ७:१३

४ असार, काठमाडौं । रुसले एक जना अमेरिकी कूटनीतिज्ञलाई १४ वर्ष जेल सजाय सुनाएको छ ।

रुसको मस्को स्थित एक अदालतले अमेरिकी नागरिक मार्क फोगेललाई गाँजा तस्करी गरेको आरोपमा १४ वर्ष जेल सजाए सुनाएको बीबीसील लेखेको छ । अदालतले एक विज्ञप्तिमार्फत भनेको छ, ‘अमेरिकी नागरिक फोगेल दोषी पाइयो ।’

फोगेलले यसअघि मस्कोस्थित अमेरिकी दूतावासमा काम गरेका थिए । उनी अंग्रेजी शिक्षक पनि थिए ।

अमेरिकाका धेरै क्षेत्रमा गाँजा वैधानिक भए पनि रुसमा भने अवैध छ । ती कूटनीतिज्ञमाथि ठूलो मात्रामा गाँजा भण्डारण र तस्करी गरेको आरोपमा मुद्दा चलाइएको थियो ।

फोगेल सन् २०२१ अगस्ट १५ मा १७ ग्राम गाँजासहित एयर्पोर्टबाट समातिएका थिए । फोगेलले भने आफूले मेरुदण्डको शल्यक्रिया गरेकोले औषधि प्रयोग गरेको र यो रुसमा अवैध छ भन्ने थाहा नपाएको बताएका थिए ।

रुसमा धेरै अमेरिकी नागरिकहरू जेलमा रहेका छन् भने कयौं रुसी नागरिक पनि अमेरिकामा जेलमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?