 
																			६ असार, पोखरा । नेपाली कांग्रेसकी नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले जो कोही पनि स्वतन्त्र उम्मेदवार बनेर राजनीतिमा आउँदा रमाइलो हुने बताएकी छिन् ।
नेपाल तरुण दलले पोखरामा गरेको कार्यक्रममा उनले फरक फरक क्षेत्रका मान्छे फरक फरक बिचार बोकेर राजनीतिमा आउनु राम्रो र रमाइलो हुने बताइन् ।
‘अहिले त अब एउटा लहर नै आइसक्यो, सबै जना स्वतन्त्र उठ्ने’, उनले भनिन्, ‘नायक पनि अभिनय छाडेर राजनीति गर्नेे, पत्रकार पनि पत्रकारिता छाडेर राजनीति गर्ने, जो पनि राजनीति गर्ने, हुन त राम्रो हो रमाइलो पनि हुन्छ ।’
संविधान बनाउने बेलामा स्वतन्त्र उठ्न दिने कि नदिने, थ्रेसहोल्ड राख्ने कि नराख्ने भन्नेमा विवाद भएको स्मरण गराउँदै कांग्रेस नेता देउवाले आफूहरुले स्वतन्त्र उम्मेदवार बन्न दिनुपर्छ भनेको बताइन् ।
‘स्वतन्त्र उम्मेदवार बन्न दिनुपर्छ भनेर हामीले नै सुझाव दिएको हो,’ उनले भनिन्, ‘जति पनि स्वतन्त्र उठेका छन्, त्यही हामीले लेखेको कारणले उठेका हुन् ।’
उनले स्वतन्त्रबाट चुनाव जितेर आएकाहरुले कस्तो काम गर्छन् त्यो हेर्न बाँकी रहेको उनले बताइन् । राणाले जे जस्तो भए पनि बहुदलीय प्रणालीलाई नै कायम राख्नु पर्ने बताइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4