+
+

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १३:०२

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक गरेको छ । मंगलबार आयोजित एक समारोहका बीच ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले जानकारी दिए ।

बीमा योजना अन्तर्गत बीमितले आफ्नो आवश्यकता अनुसार बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । साथै सीमित समयका लागि बीमाशुल्क भुक्तानी गरी बीमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन् । यो योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल प्राप्त हुने कम्पनीको दाबी छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो उद्देश्य ’उत्कृष्ट योजना र सेवा प्रदान गर्ने’ रहेको कम्पनीको भनाइ छ । पोखरेलका अनुसार ’मेरो सुनिश्चित बीमा योजना’ नेपाली जीवन बीमा बजारमा अहिले सम्मकै गुणस्तरीय र उत्कृष्ट प्रडक्ट हो ।

कम्पनीका अनुसार यो बीमा योजनामा १६ वर्ष अवधिको बीमालेखमा आधारभूत बीमाशुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभूत बीमाशुल्कको २.५ गुणा प्रतिफल ग्यारेण्टीका साथ पाइन्छ । यस बीमालेखमा अतिरिक्त सुविधाहरु लिन चाहने बीमितले अतिरिक्त शुल्क भुक्तानी गरी अतिरिक्त पूरक करार सुविधाहरु समेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?