+
+

न्यायाधीश–वकिल संवादमाथि छानबिन भइरहेको छ : कानुनमन्त्री बन्दी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १७:५९
फाइल तस्वीर

९ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले घुस लेनदेनको विषयमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीचको कुराकानीको अडियोबारे छानबिन भइरहेको बताएका छन् ।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे कुराकानी भएको अडियो बुधबार सार्वजनिक भएको थियो । बिहीबार यसै विषयमा संघीय संसद भवनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री बन्दीले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको बताएका हुन् ।

‘जुन अडियो बाहिर सार्वजनिक भएको छ । त्यसको सत्यतथ्य खोजबिन गर्दैछौं । कति ठीक, कति बेठीक भनेर छानबिन गर्न समिति नै गठन गरिएको छ’ मन्त्री बन्दीले भने ।

त्यो घटना बाहेक पनि न्यायालय भित्र विकृति र विसंगति रहेको उनले बताए । न्यायाधिशको नियुक्ति नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढ्दै गएको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसलाई हटाउनका लागि सरकारले निर्देशिका बनाउने काम अघि बढाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?