+
+

‘डान्सिङ स्टार्स नेपाल’को ग्रान्ड फिनाले आज, तीन जोडीबीच प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते ८:००

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को ग्रान्ड फिनाले शुक्रबार हुँदैछ । काठमाडौंको धुम्बाराहीस्थित स्टुडियोमा राति ८ बजे हुने फाइनलमा तीन जोडीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रीति आले मगर र शेखर घर्ती मगर, छिरिङ शेर्पा र सरोज प्रजा तथा प्रमिता राणा र जेडी तमुको जोडीबीच प्रतिस्पर्धा हुँदैछ । विजेताले १५ लाख रुपैयाँ नगद प्राप्त गर्ने जनाइएको छ ।

फिनालेमा रियालिटी शोको आधिकारिक एपबाट छानिएका उत्कृष्ट तीन जनाले समेत प्रस्तुति दिने भएका छन् । जसमा सिर्जन रावल, सरस्वती धिमाल र एलेक्स विश्वकर्मा छन् ।

गत चैत ११ गतेदेखि सुरु भएको शोमा १२ जना चर्चित सेलिब्रिटी जोडीबीच प्रतिस्पर्धा भएको थियो । विभिन्न क्षेत्रमा स्थापित सेलिब्रिटीले कोरियोग्राफरसँग जोडी बाँधेर प्रतिस्पर्धा गरेका थिए ।

अभिनेत्री गौरी मल्ल, अभिनेता दिलीप रायमाझी र नृत्य निर्देशक रेनशा बान्तवा राई निर्णायकको रुपमा छन् । द भ्वाइस अफ नेपाल र नेपाल आइडलजस्ता चर्चित शो निर्देशन गरिसकेका लक्ष्मण पौडेलले यसलाई निर्देशन गरेका हुन् । डान्सिङ स्टार्स नेपाल हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?