+
+

देशका ९२८ मध्ये ६८१ पुस्तकालय बन्द

असार १५–१६ मा दोस्रो राष्ट्रिय पुस्तकालय सम्मेलन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते २१:३८

१० असार, काठमाडौं । देशभरका ६८१ पुस्तकालय बन्द भएको पाइएको छ । १९७४ सालदेखि हालसम्म खुलेका ९२८ पुस्तकालय मध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको संख्या जम्मा २२७ मात्रै छ । बाँकी २० वटा भने जेनतेन चलिरहेका अध्ययनले देखाएको छ ।

रिड नेपाल र शान्ति भोलेन्टियर एसोसिएसनको सहकार्यमा शिक्षा मन्त्रालयले गरेको अध्ययनले यस्तो देखाएको हो । अध्ययनको विस्तृत रिपोर्ट आगामी असार १५ र १६ गते हुने सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा सार्वजनिक गरिने शिक्षा मन्त्रालयको पुस्तकालय समन्वय तथा अभिलेख शाखा प्रमुख यादवचन्द्र निरौलाले जानकारी दिए । उनले देशभरका पुस्तकालयहरुलाई ६० बढी प्रश्नहरु सोधेर सर्भे गरिएको जानकारी दिए ।

दोस्रो राष्ट्रिय सम्मेलन बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निरौलालले हाल नेपालमा पूर्ण सरकारी अनुदानमा चलेका सार्वजनिक पुस्तकालयहरु नगन्य रहे पनि सरकारले ७५३ वटै स्थानीय तहमा सार्वजनिक पुस्तकालय खोल्ने तयारी गरिरहेको जानकारी दिए । निरौलाका अनुसार सरकारले ९८ पुस्तकालयलाई १ देखि १० लाख अनुदान दिएको छ ।

पत्रकार सम्मेलनमा रिड नेपालका भोलाकुमार श्रेष्ठले नेपालमा स्थायी स्रोत बिना लहैलहैमा पुस्तकालय खोलिनाले धेरै पुस्तकालयहरु सञ्चालन हुन नसकेको बताए । रिड नेपालले हाल नेपालका ४३ जिल्लाका ६९ ठाउँमा पुस्तकालयहरु सञ्चालन गरेको र ती सबै दिगो विकासका कार्यक्रमसँग जोडिएकाले निर्वाध सञ्चालन भइरहेका श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने ‘हामीले दिगो विकासका लागि हरेकलाई १० लाख बिउ पूँजी दियौं ।’

शान्ति भोलेन्टियर एसोसिएसनका विनोद गुरुङले सरकारले सार्वजनिक पुस्तकालयको संख्या बढाउनुपर्नेमा जोड दिए । पुस्तकालय सर्वसाधरण जनताको विश्वविद्यालय भएको भन्दै हरेक स्थानीय तहमा पुस्तकालय खोलिनुपर्ने उनको भनाइ थियो । रिड नेपालका चिज कुमार श्रेष्ठले सरकारले अनुदानले चलेका पुस्तकालयहरु दिगो विकासका योजना र समुदायको स्वामित्व नहुँदा भटाभट बन्द भइरहेपनि रिड नेपालले ३१ वर्ष अघिदेखि सुरु गरेका पुस्तकालयहरु अझैसम्म मज्जाले सञ्चालन भइरहेका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?