+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एसपीपीमा ओलीले झुट बोले : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १२:५५

१२ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता तत्कालीन प्रधानमन्त्री केपी ओलीकै पालामा भएको दाबी गरेका छन् ।

अखिल नेपाल महिला संघ समाजवादीको कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै नेपालले ओली आफैंले गरेको सम्झौता अहिले थाहा छैन भनेर झुटो बोलेको बताए । ‘केपी ओलीकै पालामा एसपीपी सम्झौता भयो, तर अहिले थाहा नै भएन भन्नुहुन्छ,’ उनले भनेका छन्, ‘कि चिन्तनमा कमजोरी कि काम गर्ने गलत छ, यसमा सुधार गर्नु होला ।’

२०७४ मा पहिलो पार्टी रहेको एमाले अहिले कांग्रेसभन्दा पछाडि पुगेको उल्लेख गर्दै नेपालले ओलीको कमजोरी औँल्याए । ओलीको कमजोरीले पार्टी कमजोर बनेको, तर उनले आफ्नो गल्ती लुकाउन अरुलाई दोषी देखाउने गरेको नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?