+
+
Shares

माधव नेपालले गौरबाट गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ९:०८

२१ फागुन, रौतहट । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका-२ बाट मतदान गरेका छन् ।

गौरमा रहेको रामजानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा नेपालले मतदान गरेका हुन् ।

नेपाल रौतहट क्षेत्र नम्बर-१ बाट उम्मेदवार समेत छन् ।

नेपालसँग नेपाली कांग्रेसका अनिलकुमार झा, नेकपा एमालेका अनिलकुमार गुप्ता, रास्वपाका राजेशकुमार चौधरी लगायत चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?