+
+

गायक विपुल क्षेत्री ग्रामी अवार्डको सदस्यमा मनोनित, पाए मतदान अधिकार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १७:२४

काठमाडौं । नेपालीभाषी गायक विपुल क्षेत्री विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको सदस्यमा मनोनित भएका छन् । रेकर्डिङ एकेडेमीले क्षेत्रीसहित दुई हजार भन्दा बढी विश्व संगीतका सर्जकलाई सदस्यतामा नियुक्त गरेको जनाइएको छ ।

सदस्य नियुक्त भएसँगै क्षेत्रीले सन् २०२२ को ग्रामी अवार्डमा मतदान अधिकार प्राप्त गर्नेछन् । रेकर्डिङ एकेडेमीले यसै साता क्षेत्रीलाई सदस्य बन्न निम्तो दिएको थियो, जसलाई क्षेत्रीले स्वीकारेका हुन् ।

विश्व संगीतको ओस्कार अवार्ड मानिने ग्रामीको सदस्यमा मनोनित हुने क्षेत्री पहिलो नेपालीभाषी गायक हुन् । ‘यो नियुक्तिले तपाईंको सिर्जना, नेतृत्व र रेकर्डिङ कलाको क्षेत्रमा योगदान पुर्‍याउँछ,’ क्षेत्रीलाई पठाएको बधाई सन्देशमा ग्रामीले उल्लेख गरेको छ ।

ग्रामीले यस वर्ष सन् २००० सदस्य थप्दै संगीतको बोल्ड पुस्ता भनेर व्याख्या गरेको छ । भारतको कालिम्पोङमा जन्मिएका क्षेत्रीले सन् २०१४ मा रिलिज भएको सांगीतिक एल्बम ‘स्केच अफ दार्जिलिङ’बाट करिअर थालेका थिए ।

सन् २०१६ मा ‘माया’ र सन् २०२१ मा ‘समय’ एल्बम रिलिज गरेको थियो । वसन्त, गहिरो गहिरो, आशिष, टिस्टा र मुग्लान उनका हिट गीत हुन् । ग्रामी अवार्डले संस्थालाई समावेशी तुल्याउन यस्तो पहल चालेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?