+
+

मुलुक समृद्ध बनाउने अभियानमा छौं : प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १२:०४

१६ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा रहेको बताएका छन् । यो अभियान सफल बनाउनु सबैको दायित्व रहेको पनि उनले बताएका छन् ।

६४ औं संसद दिवसको अवसरमा आज संसद भवनको ल्होत्से हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था मार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं । मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो ।’

२०१६ साल असार १६ गते पहिलो संसद बैठक बसेको र अहिले ६४ औं दिवस मनाउन पाउनु खुसीको विषय भएको उनले बताए । उनले जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?