
२१ असार, काठमाडौं । चिरपरिचित प्रतिद्वन्द्वी टाइम्सको चुनौतिलाई पन्छ्याउँदै रोयलले यु–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा रोयलले टाइम्सलाई ६६–५७ को स्कोरमा स्तब्ध बनाउँदै उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा रोयलले पहिलो क्वार्टरमा २३–१८ को स्कोरबाट अग्रता लिएको थियो । दोस्रो क्वार्टरमा पनि रोयले अग्रतालाई कायम राखेको थियो ।
दोस्रो क्वार्टरमा २२–१६ अग्रता लिएको रोयलले तेस्रो क्वार्टर भने ८–१० ले पछि परेको थियो । अन्तिम तथा निर्णायक क्वार्टरमा समान १३–१३ स्कोर गरे पनि रोयलले समग्रमा ६६–५७ को स्कोर निकाल्दै उपाधि जित्न सफल भएको हो । रोयलका निकेस मगरले सर्वाधिक २२ स्कोर गरे ।
च्याम्पियन बनेको रोयले नगद १ लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता बनेको टायम्सले ५० हजार रुपैयाँमा चित्त बुझायो । मदन भण्डारी स्पोर्ट्स एकेडेमी अन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगिता ७१ औं मदन जयन्तीका अवसरमा आयोजना भएको थियो ।
प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए । आयोजकले सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाएको थियो । विजयी खेलाडीलाई एकेडेमीका अध्यक्ष धु्रब आचार्य लगायतले पुरस्कार वितरण गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4