+
+

ब्रिटिस एजुकेशन ग्रुपको मदरल्याण्ड स्कुलले सुरु गर्‍यो ‘इड्ज प्रोगाम’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १७:११

काठमाडौं । द ब्रिटिस कलेजको भगिनी संस्था मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलले ‘इड्ज प्रोगाम’ सुरु गरेको छ ।

इड्ज (एजुकेशन एण्ड डिजिटल फर गल्स एजुकेशन) कार्यक्रम किशोरीहरुको अंग्रेजी, आईटी र सामाजिक सीपको विकास गर्नेमा लक्षित रहेको स्कुलले जनाएको छ । यो कार्यक्रम २९ जुनदेखि सन् २०२३ को अप्रिलको अन्त्यसम्म चल्नेछ ।

यस कार्यक्रमका लागि २० जना किशोरीहरु छनोट भएका छन् । अंग्रेजीको मूल्यांकनको आधारमा उनीहरुलाई छनोट गरिएको स्कुलले जनाएको छ । यो कार्यक्रमबाट उनीहरु सबैभन्दा बढी लाभान्वित हुने र सफलता हासिल गर्ने अपेक्षा स्कुलले लिएको छ ।

स्कुलका म्यानेजर शंकर पुडासैनीले छनोटमा परेका किशोरीहरुलाई प्रत्येक हप्ता दुई घण्टा प्रशिक्षण दिनेछन् । ‘हामी छात्राहरुलाई उनीहरुको अधिकार र जिम्मेवारीको पहुँचबारे जानकारी दिन चाहन्छौं । उनीहरुको भविष्यको सम्भावनालाई सुधार गर्न समान अवसर उपलब्ध गराउन चाहन्छौं’ पुडासैनीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?