+
+

कांग्रेसले साउनभित्र भ्रातृ संस्थालाई पूर्णता दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १६:५२

२ साउन,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई साउन मसान्तभित्र पूर्णता दिने निर्णय गरेको छ ।

निर्धारित समय भन्दा डेढ घन्टा ढिलो सुरु भएको बैठकले भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । कांग्रेसका १० भ्रातृ संस्थाको केन्द्रीय समिति अवधि पुगेर भंग भएका छन् । तीमध्ये चारवटामा मात्र सभापति शेरबहादुर देउवाले अध्यक्ष तोकेका छन् भने अरुले नेतृत्व पाएका छैनन् ।

नेविसंघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष सभापति शेरबहादुर देउवाले तोकेपनि पूर्णता भने दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?