+
+

कक्षा ६ सम्म दिवा खाजा कार्यक्रम लागू गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १९:२४
फाइल तस्वीर ।

४ साउन, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखाले साउनदेखि कक्षा ६ सम्मका विद्यार्थीको लागि दिवा खाजा कार्यक्रम लागू गर्न सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम सरकारले कक्षा ८ सम्म विस्तार गर्ने गरी चालु आर्थिक वर्षदेखि कक्षा ६ सम्म दिने निर्णय गर्दै बजेट बिनियोजन गरेको छ । सोही अनुसार शाखाले साउनदेखि कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम कार्यन्वयनको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

शाखा अधिकृत रामप्रसाद शर्मा कार्यक्रम कार्यन्वयन सम्बन्धी विस्तृत कार्यक्रिया कार्यक्रम कार्यन्वयन पुस्तिका, २०७९÷८० मा उल्लेख भई आउने भएकोले सोही अनुसार गर्नु गराउन अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?