+
+

‘पुष्पा-२’मा मनोज बाजपेयीको प्रवेश, प्रहरी अधिकृतको रोलमा प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १८:३७

काठमाडौं । दक्षिण भारतीय सुपरस्टारद्वय अल्लु अर्जुन र रश्मिका मन्दाना हिजोआज आगामी फिल्म ‘पुष्पा : द रुल’लाई लिएर चर्चामा छन् ।

यतिबेला बलिउडका दिग्गज अभिनेता मनोज बाजपेयीलाई समेत यो सिक्वेलमा प्रस्ताव गरिएको खबर छ । निर्माताले मनोजलाई प्रहरी अधिकृतको पात्रको लागि प्रस्ताव गरेका छन् ।

भारतीय सञ्चारमाध्यमको यो खबरलाई लिएर बाजपेयीको प्रतिक्रिया आएको छ । एक अन्तर्वार्तामा मनोजलाई ‘पुष्पा-२’ को लागि प्रश्न गरियो । यसबारे मनोजले भने, ‘तपाईंलाई यस्तो खबर कसरी प्राप्त हुन्छ ?’

तर अग्रणी भारतीय मिडियाले बाजपेयीको ‘पुष्पा २’ मा इन्ट्रीलाई लिएर खबर छापेका छन् ।

यसअघि साउथ फिल्ममा काम गर्ने चाहना व्यक्त गर्दै मनोजले राम्रो कथावस्तु खोजेको बताएका थिए । ‘मलाई फिल्म एक हजार करोड, ५०० वा ३०० करोडमा बन्यो भन्ने खबरसँग मतलब छैन,’ उनले भनेका थिए ।

यही क्रममा पुष्पाको दोस्रो श्रृंखलालाई बिग बजेटमा निर्माण गर्न लागिएको यसको बजेट ३५० करोड भारुभन्दा बढी मूल्यमा बनाउन लागिएको  जनाइएको छ । फिल्मको यो बजेट पहिलो भागभन्दा डेढ सय करोडले बढी रहेको जनाइएको छ ।

अहिले ‘पुष्पा : द रुल’को स्क्रिप्टको काम भइरहेको छ । गत १७ डिसेम्बरमा रिलिज भएको ‘पुष्पा’को पहिलो श्रृंखलामा अल्लु अर्जुन, रश्मिका मन्दाना र श्रीवल्लभी मुख्य भूमिकामा प्रस्तुत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?