+
+

कांग्रेसलाई भीमदत्तको नाम लिंदा सिरिङ्ग हुन्छ : केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ७ गते १०:११

७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीमदत्त पन्तको नाम लिंदा कांग्रेसलाई सिरिङ्ग हुने बताएका छन् ।

कांग्रेसले राजनीतिक स्वार्थका लागि आफ्नै पार्टीबाट बलिदान गरेका व्यक्तिलाई पनि शहीद नमानेको बताउँदै भीम दत्तको नामै लिन नचाहने बताए ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ स्मृति  दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘भीमदत्त पन्तलाई कांग्रेसले शहीद मानेन । कांग्रेसले नै टाउको कटाएको हो । कांग्रेसलाई भीमदत्तको नाम लिंदा सिरिङ्ग हुन्छ ।’

भीमदत्तमात्र नभई दुर्गानन्द झा, यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठलाई पनि नसम्झिएको बताए । आफ्नै आदरणीय नेताहरू मारिएको बेलामा पनि कांग्रेसले विज्ञप्तिसमेत निकाल्न नसकेको अध्यक्ष ओलीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?