+
+

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते २०:३९

९ साउन, दाङ । दाङमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।

राप्ती गाउँपालिका–५ स्थित स्टार समिट बोडिङ स्कुलमा कार्यरत ५० वर्षीय शिक्षक श्यामलाल चौधरीलाई सोही विद्यालयमा अध्ययनरत पाँच वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लले बताए ।

उनका अनुसार बालिकाले नुहाउने क्रममा बताएपछि शिक्षकले दुर्व्यवहार गरेको घटना बाहिर आएको हो ।

सोमबार पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा शिक्षक चौधरीलाई नियन्त्रणमा लिइएको छ । घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?