+
+

माओवादीको प्रदेशस्तरीय प्रशिक्षणको तालिका हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १२:२९

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनाव लक्षित प्रदेश स्तरीय प्रशिक्षणको समय तालिकामा केही हेरफेर गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणका जाने भएकाले शुक्रबार बिहान बसेको स्थायी समिति बैठकले तालिकामा केही परिवर्तन गर्ने निर्णय गरेको स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।

यसअघि २५ असारमा बसेको स्थायी समिति बैठकले साउन १६ देखि प्रदेशस्तरीय प्रशिक्षण थाल्ने निर्णय गरेको थियो। पोखरेलका अनुसार १६ र १८ गतेको प्रशिक्षण यथावत राखि २५ गतेसम्मको परिमार्जन गरिएको हो । प्रचण्डले साउन २१ देखि २५ सम्म जापान भ्रमण गर्ने छन्।

१६ गते बामगती प्रदेश र १८ गते प्रदेश १ को प्रशिक्षण हुने छ । तालिका परिवर्तन गरिएकोमा लुम्बिनी प्रदेशको २९ गते, मधेश प्रदेशको २ गते, सुदूरपश्चिमको र विशेष प्रदेशको ४ गते, प्रसाव प्रदेशको ६ गते र सम्पर्क समन्वय प्रदेशको ८ गते हुने भएको छ।

पोलिटब्युरो सदस्यहरुको नाम टुंग्याउने र स्थायी समितिलाई पूर्णता दिने लगायतका एजेन्डामा भने आज छलफल नसकिएको र १५ गते बस्ने स्थायी समितिको बैठकबाट निर्णय हुने पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?