+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मिटर व्याज सरकारको लागि ठूलो चुनौती : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १७:४७

१५ साउन, जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले मिटर व्याज सरकारको लागि ठूलो चुनौती बन्दै गएको बताएका छन् ।

मिटर व्याजीविरूद्ध संघर्ष समितिको आइतबार ज्ञापन पत्र बुझदै मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन् । उनले समाजको विकृतिको रूपमा रहेका मिटरव्याजीलाई कानूनको दायराभित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

मिटरव्याजी पीडितहरूको पक्षमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै उनले त्यस्ताविरूद्ध कडा कदम चाल्ने आश्वासन दिए ।

प्रहरी प्रशासन प्रदेश मातहत नहुँदा ठोस कदम चाल्न नसकिएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले भने, ‘सम्बन्धित ठाँउहरूमा आवाज उठाउदै आएको छु । चाँडै समस्या समाधानको बाटो पहिल्याइन्छ ।’

संघर्ष समितिका संयोजक मनोज कुमार पासमान नेतृत्वमा गएका मिटरव्याजी पीडितहरुले मुख्यमन्त्री राउतलाई ज्ञापन बुझाएका छन् ।

ज्ञापनमा मिटरव्याजीलाई कार्वाही गरी उनीहरुको सम्पत्ति छानबिन हुनुपर्ने, जफ्त गरिएको पीडितको सम्पति छानबिन हुनुपर्ने, तमसुक व्यवस्था खारेज हुनुपर्ने, सहुलियत दरमा ऋणको व्यवस्था हुनुपर्ने, मिटरव्याजीबाट ऋणीमाथि गरिएको यौन शोषणको छानबिन गरी दोषीलाई कार्वाही हुनुपर्ने माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?