+
+

गैडहवा गाउँपालिकामा लागेको ताला दुई सातासम्म खुलेन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १६:५१

१६ साउन, बुटवल । आर्थिक अनियमितता छानबिन गर्न माग गर्दै गैडहवा गाउँपालिका कार्यालयमा जनप्रतिनिधिले नै लगाएको ताला दुई साता सम्म खुल्न सकेको छैन ।

६ जना वडा अध्यक्षसहित २८ जना जनप्रतिनिधिले ११ बुँदे माग पत्र राखेर साउन २ गते गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।

वडा नंं. ६ को राजस्व ११ महिनासम्म वडाका कर्मचारी महेन्द्र केवटले बैंकमा जम्मा नगरी दुरुपयोग गरेको, प्रमुख प्रशासकीय अधिकृतले दोहोरो सुविधा लिएको, कार्यपालिकाको निर्णय बिना करार कर्मचारीहरुलाई हटाएको भन्दै विरोधमा तालाबन्दी गरिएको थियो ।

तालाबन्दीका कारण २ सातादेखि कार्यालय सञ्चालनमा नआउँदा सेवाग्राही मर्कामा परेका छन् । तालाबन्दी खुलाउन कुनै पहलकदमी नभएको ६ नं. का वडाध्यक्ष सुरेन्द्र सिंह कुर्मीले बताए ।

गाउँपालिकाको वडा नं. ६ मा संकलन भएको राजस्व ११ महिनासम्म बैंकमा जम्मा नगरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले स्वीकार गरे ।

गाउँपालिकाले ११ महिनाको राजस्व बैंकमा जम्मा गर्न लगाएर कर्मचारीलाई स्पष्टिकरण सोधेर माफी दिएको पौडेलले बताए । अन्य विषयमा छलफल गरेर ताला खोल्न जनप्रतिनिधिहरुसंग संवाद भइरहेकाले छिट्टै खुल्ने अध्यक्ष पौडेलको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?