
१८ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले वार्षिक सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि वार्षिक बजेट तथा कार्यक्रम तय गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्नका लागि संस्थाले सम्पादन गर्नुपर्ने कार्यहरु जोखिमका आधारमा सम्पादन हुनेगरी सञ्चालक समितिबाट वार्षिक बजेट तथा कार्यक्रम तय गर्नुपर्नेछ’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ ।
यस्तै उक्त कार्यक्रमको प्रभावकारी कार्यान्वयन भए/नभएको सुनिश्चित गर्ने संयन्त्र तयार गर्ने तथा नियमित अनुगमन गर्ने जिम्मेवारी सञ्चालक समितिको हुने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया 4