+
+

अनधिकृत रुपमा फोन अनलक्ड गरी सबा ३ अर्ब आम्दानी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १५:५७

२० साउन, काठमाडौं । टेलिकम कम्पनीका कर्मचारीहरुको पासवर्ड चोरी गरी प्रयोगकर्ताका स्मार्टफोन अनलक्ड गरेर अमेरिकामा एकजना व्यक्तिले साढे २ करोड डलर अर्थात् करीब सबा ३ अर्ब रुपैयाँ कमाएको खुलासा भएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा बस्ने एग्रिस्ठी खुदावर्दानलाई पासवर्ड चोरीबाट अढाई करोड डलर रकम हात पारेको मामिलामा दोषी ठहर गरिएको छ । ४४ वर्षका उनले टी मोबाइलको सिस्टम ह्याक गरी प्रयोगकर्ताका फोनहरु अनलक गरेर त्यसको बदलामा पैसा लिने गरेका थिए ।

वास्तवमा अमेरिकी बजारमा धेरै स्मार्टफोनहरु मोबाइल क्यारियर लकयुक्त हुन्छन् । अर्थात् त्यसरी कुनै टेलिकम कम्पनीको प्याकेजमा आबद्ध गरी खरीद गरेका स्मार्टफोनमा अर्को कम्पनीको सिमकार्ड प्रयोग गर्न सकिँदैन । टी मोबाइल नामक टेलिकम कम्पनीले पनि विभिन्न स्मार्टफोन डिभाइसहरु बेच्ने गर्दछ ।

अभियुक्त ती व्यक्ति आफैपनि टी मोबाइलको एक पसलका मालिक हुन् । उनको स्टोर लस एन्जल्सको इगल रकम क्षेत्रमा छ । रिपोर्ट अनुसार ती व्यक्तिले अनधिकृत रुपमा प्रयोगकर्ताहको फोन अनलक गरी अन्य कम्पनीको नेटवर्कमा पनि स्मार्टफोन चल्ने बनाइदिने गरेका थिए ।

त्यसबापत उनले पैसा लिन्थे र आजसम्म त्यसरी करीब अढाई करोड डलर कमाइसकेका थिए । उनले लक्ड क्यारियर टी मोबाइल ग्राहकका फोनहरु अनलक गरिदिन्थे ।

यसका लागि उनले टी मोबाइल कम्पनीका कर्मचारीहरुका लागि फिशिंग इमेल पठाउँदथे जसबाट उनले कम्पनीको इन्टर्नल सिस्टममा पहुँच प्राप्त हुन्थ्यो । फिशिङ इमेलमा फस्ने कर्मचारीहरुको क्रेडेन्सियल चोरी गरी उनले प्रयोगकर्ताहरुको फोन अनलक गरिदिन्थे ।

उनले यसो गरेर सन् २०१४ देखि २०१९ सम्मको अवधिमा लाखौँ फोन अनलक गरिदिएको बताइएको छ । उनले एन्ड्रोइड फोनसँगै आइफोन समेत अनलक्ड गरेका छन् । उनले चोरी भएका तथा हराएका फोन समेत अनलक्ड गरिदिएका थिए ।

खुदावर्दानले आफुले स्मार्टफोन अनलक्ड गरिदिने कुराको प्रचार पनि गरेका थिए । यसका लागि उनले ब्रोकर, इमेल तथा वेबसाइटहरुको सहारा लिएका थिए । अनधिकृत रुपमा फोनहरु अनलक्ड गर्नका लागि उनले ५० भनदा धेरै टी मोबाइलका कर्मचारीको पासवर्ड चोरी गरेका थिए ।

प्रयोगकर्ताका फोनहरु अनधिकृत रुपमा अनलक गरी लाखौँ डलर आम्दानी गरेको अभियोगमा दोषी ठहर भएका उनलाई अदालतले आगामी अक्टोबर १७ मा सजायँ सुनाउने बताइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?