+
+

जापान पुगे प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २१ गते ७:१५

२१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन् ।

जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका छन् ।

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान गएका हुन् । सचिवालयका अनुसार आइतबार उनी नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने छन् ।

प्रचण्डका अन्य कार्यक्रम भने सार्वजनिक गरिएको छैन । साउन २५ गते स्वदेश फर्किने सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?