+
+

आइफोन १४ को उत्पादन भारतमै हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १३:५१

एप्पलले निकट भविष्यमै ल्याउन लागेको आफ्नो नयाँ स्मार्टफोन आइफोन १४ को उत्पादन भारतमै गर्ने तयारी गरेको छ ।

एक रिपोर्ट अनुसार आइफोन १४ को उत्पादन सँगै विश्वभर आपूर्ति पनि भारत र चीनबाट गरिनेछ ।

अहिलेसम्म भारतमा केवल आइफोन ११, आइफोन १२ र आइफोन १३ को उत्पादन भैरहेको छ । आइफोन १४ सँगै भारतमा एप्पलको हाइ इण्ड आइफोन पनि उत्पादन हुनेछ ।

भारतमा उल्लेखित आइफोनहरू चेन्नइस्थित फक्सकन प्लान्टमा उत्पादन हुने गरेका छन् । एप्पलका लागि आइफोन बनाउने फक्सकनले नै पहिलोपटक भारत र चीन दुवै देशबाट आइफोन १४ को आपूर्ति सुरु गर्ने बताइएको छ ।

सेक्योरिटी विश्लेषक मिंग ची कुओले एक ट्वीटमार्फत दिएको जानकारी अनुसार एप्पलले चीनसँगै भारतबाट पनि पछिल्लो हाइइण्ड फोनको उत्पादन तथा आपूर्ति सुरु गर्नेछ । उनले आफ्नो पछिल्लो सर्भेको आधारमा यस्तो जानकारी दिएका हुन् ।

एप्पलले आगामी महिना अर्थात् सेप्टेम्बरमा आफ्ना आइफोन १४ सिरिजका आइफोन सार्वजनिक गर्दैछ । यसबीचमा आइफोन १४ को मूल्य तथा फिचर्सका बारेमा विभिन्न सूचनाहरु सार्वजनिक भैरहेका छन् ।

चर्चित प्रविधि संवाददाता डान इभ्सले आफ्नो रिपोटमा उल्लेख गरे अनुसारआइफोन १४ को मूल्य आइफोन १३ को तुलनामा १०० डलर बढी हुनेछ । अर्थात् आइफोन १४ को सुरुआती मूल्य ८९९ डलर हुनेछ ।

आइफोन १४ मा ६.१ इन्चको स्क्रिन हुनेछ भने एप्पलको ए१५ बायोनिक प्रोसेसर रहनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?