+
+

मधेश प्रदेश : आफ्ना मन्त्रीको कामप्रति कांग्रेस असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २७ गते १२:०६

२७ साउन, जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेश समितिले प्रदेशमा नियुक्त भएका आफ्ना मन्त्रीको काम कारबाहीप्रति असन्तुष्टि जनाएको छ ।

प्रदेश समितिको जनकपुरधाममा बसेको प्रदेश कार्य सम्पादन समितिको बैठकले पार्टीबाट मन्त्री बनेकाको कामप्रति जनता र पार्टीका नेता तथा कार्यकर्ता समेत सन्तुष्ट हुन नसकेको ठहर गरेको हो ।

बैठकले पार्टीबाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

मधेस प्रदेशमा कांग्रेसबाट रामसरोज यादव भौतिक पूर्वाधार, वीरेन्द्र सिंह महिला, बालबालिका, युवा तथा खेलकुद र ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा मन्त्री छन् ।

बैठकले मधेस प्रदेशका संघीय र प्रदेशसभा निर्वाचनको क्षेत्रको वस्तुगत विश्लेषण गरि प्रतिवेदन पेश गर्न जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको महामन्त्री बृहस्पति श्रेष्ठले जानकारी दिए ।

मातहतका निकायहरूलाई निर्वाचन केन्द्रित कार्यक्रमहरु तयार गरि सम्पूर्ण समिति, विभाग, भातृ संघ संस्थाहरु परिचालन गर्न निर्देशन जारी गर्ने निर्णय गरेको उनले बताए ।

यस्तै मधेश प्रदेशका आठ जिल्लामा जिल्ला र प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको र आसन्न निर्वाचनका उम्मेदवार निर्धारित समयमै टुंग्याउन पार्टी केन्द्रीय समितिको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकले नागरिकता विधेयक संसदबाट पारित गराएकोमा केन्द्रीय सरकारलाई धन्यवाद दिने निर्णय पनि गरेको छ । उक्त विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीलाई अबिलम्ब प्रमाणीकरणका लागि पहल गर्न बैठकले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?