+
+

डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १२:४२

२९ साउन, सुर्खेत । डोल्पामा सडक खन्ने क्रममा डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–३ जिऊमा सडक खनिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा नेपालगञ्ज उपमहानगरपालिका –१९, बाँकेका ३० वर्षीय सुरज बसाल मगरको मृत्यु भएको हो ।

आइतबार बिहान पहिरोले डोजर पुरिँदा सुरजको घटन स्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रदेश प्रहरीका अनुसार घटनाको जानकारी पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक दीपक महत क्षेत्रीको टोली खटिएको छ ।

पहिरोले डोजर पुरेको छ । मृतकको शव घटना स्थलमा नै रहेको र घटनास्थलको प्रारम्भिक कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?