+
+
Shares

सप्तरी मालपोत कार्यालय परिसरका अवैध संरचना डोजर लगाएर हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते ७:१५

७ मंसिर, सप्तरी । भूमि प्रशासन कार्यालय (मालपोत) राजविराजको हाताभित्र अतिक्रमण गरी लेखापढी व्यवसायीले निर्माण गरेका घर तथा अन्य संरचना हटाइएको छ।
‎
‎सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको उपस्थितिमा आइतबार साँझ राजविराज नगरपालिकाका नगरप्रहरी र डोजरको सहयोगमा कार्यालय परिसरभित्र निर्माण गरिएका अवैध संरचना हटाइएको हो।
‎
‎संरचना हटाइएसँगै कार्यालयभित्र हुने बिचौलियाको पहुँच नियन्त्रणमा आउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।
‎
‎यसअघि भूमि प्रशासन कार्यालयले पटकपटक सूचना जारी गर्दै परिसरभित्र सञ्चालनमा रहेका लेखापढी व्यवसाय तथा संघ–संस्थाका कार्यालय बन्द गर्न आग्रह गरेको थियो । लेखापढी व्यवसाय खाली गर्न अटेरी गर्दै आएको थियो ।
‎
‎यसैबीच, राजविराज नगरपालिकाले अड्डा लाइनसहित नगर क्षेत्रका अतिक्रमित फुटपाथ खाली गराउने अभियानलाई पनि तीव्रता दिएको छ।
‎
‎कार्यवाहक नगरप्रमुख इसरत परविणका अनुसार फुटपाथ खाली गर्न पटकपटक सूचना जारी गर्दा पनि अटेर गरिएपछि नगरप्रहरी र डोजर परिचालन गरी अतिक्रमित संरचना हटाउन थालिएको हो।
‎
‎नगरपालिकाले सार्वजनिक सडक तथा फुटपाथलाई अतिक्रमणमुक्त बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?